images

नेपाल-चीन मित्रताका लागि राष्ट्रपति भण्डारीको सहभागितामा साँस्कृतिक साँझ

काठमाडौं । नेपाल चीन मित्रतालाई प्रवद्र्धन गर्न राजधानीमा एक साँस्कृतिक कार्यक्रम गरिएको छ । नेपाल चीनको मित्रता दिवस मनाउन तथा चिनियाँ नयाँ वर्षको अवसरमा भद्रकालीस्थित नेपाली सेनाको अफिसर्स क्लबमा सांस्कृतिक साँझ कार्यक्रम गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले समेत अवलोकन गर्नुभएको उक्त कार्यक्रममा नेपाल सरकार, नेपाली सेना, प्रहरीका उच्च अधिकारीहरु, राजनीतिक तथा अन्य क्षेत्रका प्रवुद्ध व्यक्तित्वहरुको सहभागिता रहेको थियो । नेपाल र चीनको राष्ट्रिय गीत गाएर सुरु भएको कार्यक्रममा चीन र नेपालका लोकगीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा युनान इथनिक सङ तथा डान्स ग्रुप र नेपालको एलआरआई स्कूलका विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

चिनियाँ राजदुत छेन सङले कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसहित सबैलाई स्वागत गर्दै चीन र नेपालबीचको मैत्रीसम्बन्ध प्राचीन समयदेखि नै गाढा रहेको बताएका थिए । उनले राष्ट्रपति भण्डारीले चीनको भ्रमण समेत गरेर दुई देशबीचको सम्बन्ध गहिरो बनाउन धेरै भूमिका खेलेको भन्दै आभार समेत प्रकट गरेका थिए ।