images

यमनमा डुङ्गा दुर्घटनामा परि २१ जनाको मृत्यु

काठमाडौं । यमनमा भएको डुङ्गा दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ ।

यमनको उत्तरी रेड सीमामा डुङ्गा दुर्घटना भएको हो । उक्त डुङ्गामा २७ जना यात्रु सवार रहेका थिए । ती यात्रुमध्ये २१ जनाको ज्यान गएको बताइएको छ ।

उत्तरी यमनको नगर होदिदाह्न नजिकैको समुद्रमा डुङ्गा डुबेको बताइएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका पनि जनाइएको छ ।

आफन्तको विवाह समारोहमा सहभागी भएर घर फर्किँदै गरेका स्थानीय नागरिक चढेको डुङ्गा डुबेको हो । डुङ्गा डुबेपछि उद्धारको कार्य गरिएको र छ जनालाई जीवितै उद्धार गरेर अस्पताल पुर्याइएको छ ।