images

अभिनेत्री सुरक्षा पन्तले गरिन इन्गेजमेन्ट

काठमाडौं । चर्चित अभिनेत्री सुरक्षा पन्तले इन्गेजमेन्ट गरेकी छिन् ।

उनले प्रेमी तथा अभिनेता मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी हुन् ।

केही समयदेखि उनी वैवाहिक बन्धनमा बाँधिन लागेको भन्दै चर्चा चलिरहेको थियो ।

पन्तले सामाजिक सञ्जालमा लेख्दै आजबाट वैवाहिक बन्धनमा बाँधिन जानकारी दिएकी छिन् ।

‘आजबाट नयाँ अध्याय सुरु हुँदै छ। हामी धेरै खुसी छौँ। आशिर्वाद दिनुहोला।’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।