images

शून्य कोभिड नीतिका नेतृत्वकर्ता ली चियाङ चीनको नयाँ प्रधानमन्त्री

काठमाडौं । चीनमा शून्य कोभिड नीतिका नेतृत्वकर्ताका रूपमा चिनिएका ली चियाङ चीनको नयाँ प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका छन् ।

चियाङलाई राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्रीका रूपमा मनोनीत गरेका थिए । उनी सीका सबैभन्दा भरपर्दा मित्र मानिन्छन् । ६३ वर्षका चियाङलाई संसदका २ हजार ९०० भन्दा बढी प्रतिनिधिले शनिबार भोट गरेका थिए ।

चीनको आर्थिक राजधानी सांघाइको प्रमुख रहेका उनले यसअघि उक्त शहरमा भएको दुई महिने कडा लकडाउनको नेतृत्व गरेका थिए । त्यहाँ मानिसहरूले खाना र औषधिको अभावसँग संघर्ष गर्नुपरेको थियो ।

अवकाश लिइरहेका प्रधानमन्त्री ली खछ्याङको स्थानमा अब उनले सरकारको नेतृत्व गर्नेछन् । कोडिभका कारण संघर्षपूर्ण बनेको चीनको अर्थतन्त्रलाई पुनर्जीवित पार्ने जिम्मेवारी उनको हातमा छ ।