images
images
images

राहुल गान्धीको सांसद पद खारेज

एजेन्सी । भारतीय कंग्रेस नेता राहुल गान्धीको लोकसभा सदस्यता खारेज भएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध चार वर्षअघि बोलेको विषयलाई मानहानिको घटना बनाएर हालिएको मुद्दामा बिहीबार मात्रै सुरज अदालतले उनलाई दुई वर्षको जेल सुनाएको थियो।

शुक्रबार लोकसभा सचिवालयले सूचना जारी गर्दै गान्धीको सांसद पद खारेज गरिएको जानकारी दिएको हो। अदालतले गान्धीलाई १५ हजार जरिवाना पनि तोकेको छ। तर उनलाई फैसलाविरुद्ध अदालतमा अपिल गर्न एक महिने समय दिइएको छ।

भारतीय जनता पार्टीको मोदी सरकारले पछिल्लो समय सरकारी संयन्त्र दुरुपयोग गरी विपक्षीमाथि धरपकड र निगरानी गरिरहेका बेला कंग्रेस आई नेता तथा सांसद राहुलको सांसद पद नै खारेज गरिएको हो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS