images
images

अमेरिकाको क्यालिफोर्नियामा तीन जनाबीच गोली हानाहान

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको साक्रामेन्टो काउन्टीस्थित एक गुरुद्वारामा आइतबार राति गोली चलेको छ ।

सञ्चार माध्यमका अनुसार त्यहाँ तीन जनाबीच गोली हानाहान भएको थियो, जसमा दुई जनालाई गोली लागेको थियो। दुवैको अवस्था गम्भीर रहेको छ ।

काउन्टी शेरिफको कार्यालयले तीन चिनजानका बीच गोली हानाहान भएको जनाएको छ। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।