images
images

इटालीद्वारा च्याट जिपिटीमाथि प्रतिबन्ध

एजेन्सी । इटालीले एआई च्याटबोट च्याट जिपिटीमाथि प्रतिबन्ध लगाएको छ ।

च्याट जिपिटीमाथि प्रतिबन्ध लगाउने इटाली पहिलो पश्चिमी देश हो । इटालियन डाटा–संरक्षण प्राधिकरणले च्याट जिपिटी डाटासँग जोडिएको हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ ।

च्याट जिपिटी अमेरिकाको ओपन एआई स्टार्टअपले बनाएको हो । यसमा माइक्रोसफ्टले लगानी गरेको छ । च्याट जिपिटीलगायतका एआईको प्रयोग बढ्न थालेपछि यसको प्रभावबारेमा बहस शुरु भएको छ । केही दिन अघि मात्रै अर्बपति एलन मस्क र केही विज्ञहरूले शक्तिशाली कृत्रिम बौद्धिकता एआईको व्यापकता विकास तत्कालका लागि रोक्न आग्रह गरेका थिए ।

स्वचालित कार्यक्रम ‘बोट’ ले सामान्य तथा संक्षिप्त बुँदाका आधारमा लेखन सामग्रीलाई तयार गर्न सक्षम हुन्छ ।

एआई अथवा कृत्रिम बुद्धिमताले ३० करोड पूर्णकालीन जागिरहरू प्रतिस्थापन गर्न सक्ने एउटा प्रतिवेदनले समेत देखाएको छ । तर, प्रतिवेदनले अरु रोजगारी सिर्जना गर्ने र यसले विश्वको वस्तु र सेवाको उत्पादनशीलता सात प्रतिशतले बढाउनसक्ने पनि देखाएको छ ।