images

‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनको आदेश

काठमाडौं । सुदर्शन थापा अभिनित चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

आज न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले सो आदेश दिएको हो । प्रसाद २ को प्रदर्शन रोक्न माग गर्दै केशव पाण्डेले रिट निवेदन दिएका थिए ।

आफूसँग रकम लिएर चलचित्रका निर्माताले ठगी गरेको उनको आरोप छ । यस विषयमा अदालतले २६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको उच्च अदालतकी प्रवक्ता तथा उपरजिष्ट्रार मन्दिरा शाहीले बताइन् ।

आजै चलचित्र विकास बोर्डले सर्वपक्षीय बैठक बोलाएर चलचित्रको सेन्सर अनुमति दिने निर्णय गरेको थियो ।