images

गैह्र चलचित्र कलाकारमाथि डण्डा चलाउँदै अध्यक्ष निरौला

काठमाडौं ।  नेपाल चलचित्र कलाकार संघले गैह्र कलाकार सदस्यहरुको सदस्यताता खारेज गर्ने भएको छ ।

नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न संघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष मोहन निरौलाले यस्तो घोषणा गरेका हुन् ।

‘चलचित्र नखेलेका सदस्यको सदस्यता खारेज हुन्छ’ उनले भने-  ‘अभिलेखका लागि आफूले अभिनय गरेका चलचित्रबारे जानकारी गराउनुहोस् ।’

उनले धेरै सदस्यहरले चलचित्रको अभिलेख उपलब्ध नगराई नागरिकताको भरमा मात्र कलाकार संघको सदस्य बनेको खुलासा गरे । यसैबीच ७० वर्ष नाघेका चलचित्र कलाकारहरुलाई निशुल्क आजीवन सदस्य बनाइने भएको छ ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका महासचिव सबिन श्रेष्ठले यसबारे तयारी भइरहेको जानकारी दिए ।

केहि समय अघि सम्पन्न संघको महाधिवेशनको बेला थुप्रै गैह्र कलाकारहरुलाई भोट बैंकको रुपमा संघमा भित्र्याइउको चर्चा चलेको थियो । अध्यक्ष पदमा निरौलासंग चर्चिच नायिका रेजिना उप्रेतीले प्रतिष्पर्धा गरेकी थिइन ।