images

जापानका प्रधानमन्त्री फुमियोले भाषणा गरिरहेका बेला ‘स्मोक बम’ प्रहार

एजेन्सी। जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई लक्षित गरी आक्रमण भएको छ ।

शनिबार एक सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका बेला प्रधानमन्त्री किशिदालाई लक्षित गरी ‘स्मोक बम’ प्रहार भएको हो ।

शनिबार बिहान वाकायामामा आयोजित कार्यक्रममा चुनावि भाषण दिनै लागेका किशिदामाथि ‘स्मोक वा पाइप बम’ फ्याँकिएको जापान टाइम्सले उल्लेख गरेको छ ।

प्रधानमन्त्री किशिदालाई तत्कालै त्यहाँबाट सुरक्षित रूपमा उद्धार गरिएको थियो ।

घटनास्थलबाट एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । किशिदा यही महिना हुन लागेको उपचुनावमा लिबरल डेमोक्रेटिक पार्टीका उम्मेदवारलाई सघाउन वाकायामा पुगेका हुन् ।

यसअघि जापानी पूर्व प्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहारबाट मृत्यु भएको थियो ।