ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

सर्लाहीमा सर्पले डसेर एक वृद्धाको मृत्यु

सर्लाहीमा सर्पले डसेर एक वृद्धाको मृत्यु

स्पेस संवाददाता

काठमाडौं । सर्लाहीमा सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लालबन्दी नगरपालिका–१०, तुलसी टोलकी ७४ वर्षीया इन्द्रमाया श्रेष्ठ रहेको स्थानीयले बताएका छन् ।

उनलाई राति घरमा सुतेको समयमा गोमन सर्पले डसेको हो । सर्पले डसेपछि श्रेष्ठलाई उपचारका लागि लालबन्दी– १ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको स्थानीयले बताएका छन् ।

सर्लाहीमा यो वर्ष विषालु सर्पले डसेर ३ जनाको मृत्यु भइसकेको छ । गर्मीयाममा विषालु सर्पको बिगबिगी हुने भएकाले सतर्कता अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् ।