images
images

मेक्सिकोमा रेमिट्यान्सको प्रवाह ऐतिहासिक उचाईमा पुग्ने प्रक्षेपण

एजेन्सी । वित्तीय समूह बान्को बिलबाओ भिज्काया अर्जेन्टेरिया बिबिभीएले मेक्सिकोमा रेमिट्यान्सको प्रवाह २०२३ र २०२४ मा ऐतिहासिक उचाईमा पुग्ने प्रक्षेपण गरेको छ ।

बिबिभीए मेक्सिकोद्वारा जारी गरिएको इयरबुक अफ माइग्रेसन एण्ड रेमिटेन्स २०२३ ले मेक्सिकोमा आउने श्रोतको प्रवाह सन् २०२३ मा ६३ दशमलव ७ बिलियन अमेरिकी डलर पुग्ने उल्लेख छ ।

जुन २०२२ को अन्त्यको तुलनामा ८ दशमलव ९ प्रतिशतले बढी हो । सन् २०२४ मा पनि ६ दशमलव ६ प्रतिशतले रेमिट्यान्स प्रवाह वृद्धि हुने आकलन गरिएको छ ।