images
images

भ्रष्टाचारको आरोपमा युक्रेनका रक्षामन्त्री बर्खास्त

एजेन्सी । युक्रेनका रक्षामन्त्री बर्खास्त भएका छन् । राष्ट्रपति भोलिडिमीर जेलेन्स्कीले रक्षामन्त्री ओलेक्सी रेज्नीकोभलाई बर्खास्त गरेका हुन् ।

रेज्नीकोभको स्थानमा युक्रेनको राज्य सम्पत्ती कोषका प्रमुख रुस्टेम उमरोभलाई नियुक्त गरिएको छ । रेज्नीकोभलाई भ्रष्टाचारको आरोपमा बर्खास्त गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

राष्ट्रपति जेलेन्स्कीले आफ्नो नियमित सम्बोधनमा रेज्नीकोभले रुस र युक्रेन युद्धकाबीच ५ सय ५० दिन सम्म सेवा दिएको स्मरण गर्दै के कति कारणले बर्खास्त गरेको भन्ने खुलाएका छैनन् ।

साथै उनले रुसँंगको जारी युद्धमा देशको रक्षा क्षेत्रमा नयाँ नेतृत्व चाहिएकोले रक्षामन्त्री बदलीएको प्रष्टोक्ती दिएका छन् ।