images
images

अमेरिकी संसद् भवनमा दंगा फैलाएका मुख्य योजनाकारलाई २२ वर्षको जेल सजाय

एजेन्सी । सन् २०२१ मा अमेरिकी संसद् भवनमा दंगा फैलाएका मुख्य योजनाकार हेनरी एनरिके टारियोलाई २२ वर्षको जेल सजाय सुनाइएको छ।

अमेरिकी इतिहासमा लोकतन्त्रविरुद्ध गरेको आक्रमणमा यति लामो सजाय दिइएको यो पहिलो पटक भएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन्। टारियोमाथि देशद्रोहको षड्यन्त्र, गृहयुद्ध फैलाउन खोजेको आरोपमा दोषी ठहराइएको बिबिसीले जनाएको छ।

३९ वर्षीय टारियो दंगाका बेला वाशिंगटनमा थिएनन्, तर उनले अति दक्षिणपन्थी समूहको संलग्नतालाई व्यवस्थित गर्न मद्दत गरेको आरेप छ। उक्त आरोपमा हालसम्म ११ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ। ​

टारियोले मुद्दाको सुनुवाइको क्रममा सुरक्षाकर्मी र वाशिङटन डीसीका बासिन्दासँग भावुक भई माफी समेत मागेका थिए।