images
images

इजिप्टका राष्ट्रपति र जापानी विदेशमन्त्रीबीच भेटवार्ता

एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी र जापानी विदेशमन्त्री योशिमासा हयासीबीच भेटवार्ता भएको छ ।

भेटमा राष्ट्रपति सिसी र विदेशमन्त्री हयासीले द्वीपक्षिय रणनीतिक साझेदारीलाई बढावा दिने उपायहरुबारे छलफल गरेका हुन् ।

जापानसँगको सम्बन्धलाई बिस्तार गर्न र रणनीतिक साझेदारी बढाउन इजिप्ट तयार रहेको राष्ट्रपति सिसीको भनाइ छ । हयासीले रणनीतिक साझेदारीका आधारमा दुई देशबीचको सम्बन्धमा भएको सकारात्मक प्रगतिको स्वागत गरे ।