images
images

इराकमा विवाह समारोहमा आगलागी हुँदा एक सय जनाभन्दा धेरै मृत्यु

एजेन्सी । इराकमा एक विवाह समारोहमा आगलागी हुँदा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ ।

एक सय ५० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । उत्तरी इराकको निनवेह प्रान्तमा भएको आगलागीमा दुलहा र दुलहीको अवस्था सार्वजनिक हुन सकेको छैन ।

प्रारम्भिक रिपोर्टका अनुसार आतिशबाजी पछि आगलागी भएको हुनसक्ने अनुमान छ ।

अग्नि नियन्त्रक तथा स्थानीयबासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् ।

इराक सरकारले घटनाबाट प्रभावितको तत्काल उद्धार र राहतका लागि सबै प्रयास जारी राख्न निर्देशन दिएको छ । थप विवरण आउन बाँकी छ ।