images
images

मणिपुर राज्यमा फेरि हिंसा भड्कियो

एजेन्सी । भारतको मणिपुर राज्यमा फेरि हिंसा भड्किएको छ ।

गत जुलाई महिनादेखि बेपत्ता दुई जना छात्राको मृत्यु भएको पुष्टि भएपछि मणिपुरको राजधानी इम्फालमा विरोध प्रदर्शन, तोडफोड र आगजनी भएको हो ।

आक्रोशित भीडले इम्फालका एक नेताको घरमा तोडफोडको कोसिस गरेको, प्रहरीको गाडी जलाएको र एक प्रहरीलाई कुटपिट गर्दै हतियार खोसेको मणिपुर प्रहरीले जनाएको छ ।

स्थिति थप भड्किन नदिन इम्फालमा कफ्र्यु लगाइएको छ । यसअघि गत मे महिनामा मणिपुरमा जातीय हिंसा भड्िकएपछि कफ्र्यु लगाइएको थियो ।