काठमाडौँ । सरकारले इजरायलमा अलपत्र परेका नेपालीको सहयोगका लागि सम्पर्क व्यक्ति तोकेको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार राती एक सूचना जारी गर्दै इजरायलमा अलपत्र परेका नेपालीहरुको आवश्यक जानकारी, सहयोग र सहजीकरणको लागि सम्पर्क व्यक्ति तोकेको हो ।
सरकारले परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई सम्पर्क व्यक्ति तोकेको छ ।
यस्तै नेपाली राजदूतावास इजरायलका राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।
हेर्नुहोस सूचना