images

इजरायलमा नेपाली विद्यार्थीले ज्यान गुमाएकोमा भारतद्वारा दुःख व्यक्त

काठमाडौँ । भारतले इजरायलमा दश जना नेपाली विद्यार्थीको आतङ्कवादी हमलामा मृत्यु भएकामा दुःख व्यक्त गरेको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई शोक सन्देश पठाएर दुःख व्यक्त गरेका हुन् ।

सन्देशमा राजदूत श्रीवास्तवले हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

प्यालेस्टेनी आतंकवादी समूह हमासले इजरायलमा आक्रमण गर्दा इजरायल गएका १० नेपालीको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । रासस