images

प्रधानमन्त्रीले ‘गैरआवासीय नेपाली नागरिकता’ वितरणको शुभारम्भ गर्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरुलाई आजदेखि नागरिकता वितरणको शुभारम्भ गर्ने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ७ बजे नागरिकता वितरण कार्यको शुभारम्भ गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

आजबाटै गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को ११औँ विश्व सम्मेलन काठमाडौँमा सुरु हुँदैछ । सोही दिन पारेर सरकारले नागरिकता वितरण सुरु गर्न लागेको हो । रासस