images

नेपाल र ओमानबीचको फाइनल खेल हेर्दा दर्शकको १७५ रुपैयाँ भूकम्प पीडितलाई सहयोग जाने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले भोलि हुने नेपाल र ओमानबीचको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेको छ ।

टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आइतबार बिहान ११ बजे नेपाल र ओमान भिड्दैछन् । संघका अनुसार भोलि अधिकतम १२ हजारसम्म टिकट बिक्री गर्ने लक्ष्य छ । प्रति टिकटको मूल्य ३५० रुपैयाँ तोकिएको छ । जस अनुसार १७५ रुपैयाँ भूकम्प पीडितलाई जानेछ ।

क्रिकेट संघले शनिबार एक सूचना निकालेर फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा (५० प्रतिशत) भूकम्प पीडितलाई दिने जनाएको हो ।

शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १४० जना भन्दा बढीको ज्यान गएको छ ।