images

युजरका डेटामा पहुँच राख्नेमा मेटाका सबै एपहरु अगाडि, ‘टिकटकले प्ले स्टोरमा बढी’

हामीले धेरै प्रयोग गर्ने एपहरु मध्ये फेसबुकको एपले प्रयोगकर्ताका धेरै सूचनाहरु राख्ने गरेको पाइएको छ ।

हालै गरिएको एक नयाँ अध्ययनले प्रयोगकर्ताका धेरै सूचनामा पहुँच राख्नेमा फेसबुक पहिलो नम्बरमा रहेको देखाएको हो ।

टिआरजी डेटा सेन्टरले गरेको उक्त अध्ययनमा १ सय वटा एपहरूको विश्लेषण गरिएको थियोे । उक्त विश्लेषण अनुसार एप अनुमति मार्फत् प्रयोगकर्ताका सबैभन्दा धेरै डेटामा पहुँच राख्नेमा फेसबुक पहिलो स्थानमा छ ।

हामीले आफ्नो आवश्यकता अनुसार फोनमा विभिन्न खालका एपहरू डाउनलोड गर्दै आएका छौँ । यसरी फोनमा एप डाउनलोड गरेर प्रयोग गर्दा ती एपलाई आफ्नो फोनका फोटो, कन्ट्याक, जीपीएस लगायतका विभिन्न तथ्यांकमा पहुँचको लागि अनुमति दिनु पर्दछ । त्यसपछि मात्रै एपहरू चलाउन सकिन्छ । अन्यथा एप डाउनलोड गरेपनि चल्दैनन् ।

यो अध्ययनमा एप्पलको एप स्टोर तथा गुगल प्ले स्टोरका शीर्ष १० वटा एपलाई सामेल गरिएको थियो। उक्त अध्ययन अनुसार प्रयोगकर्ताका डेटाहरू लिनेमा फेसबुक मात्रै नभएर मेटा कम्पनी मातहतका सबै एपहरू अगाडि देखिएका छन् ।

एप प्रयोगका लागि प्रयोगकर्ताका डेटामा सर्वाधिक पहुँच माग्नेमा फेसबुक पहिलो स्थानमा रहँदा दोश्रो स्थानमा मेटाकै इन्स्टाग्राम र तेश्रो स्थानमा पनि मेटाकै मेसेन्जर रहेको छ ।

मेटाका यी ३ एपहरूले प्रयोगकर्तासँग विभिन्न १४ प्रकारका अनुमतिमा स्वीकृति लिन्छन् । जसमा प्रयोगकर्ताको लोकेसन देखि ब्राउजिंग हिस्ट्री तथा कन्ट्याक्ट जस्ता जानकारीहरू छन् ।

प्रयोगकर्ताका सर्वाधिक डेटामा पहुँच राख्नेमा कम्पनी अनुसार हेर्दा मेटा पछि गुगल दोस्रोमा रहेको छ ।

एपस्टोरमा चौथो स्थानमा रहेको गुगलको युट्युबले एप डाउनलोड गर्दा प्रयोगकर्तासँग १२ थरी डेटामा पहुँच माग्ने गरेको छ । उता गुगल प्ले स्टोरमा चाहीँ फेसबुककै फेसबुक लाइट चौथो स्थानमा रहँदा गुगल र जिमेल पाँचौँ र छैटौँ स्थानमा रहेको अध्ययनले देखाएको छ ।

एप स्टोरमा पाँचौँ स्थानमा लिंक्डइन छ भने छैटौँमा इन्स्टाकार्ट रहेको छ । एप्पलको एप स्टोरमा प्रयोगकर्ताका धेरै डेटामा पहुँच राख्नेमा टिकटक सातौँ स्थानमा रहेको छ । गुगल प्ले स्टोरमा टिकटक आठौँ स्थानमा छ ।

आइओएसका करीब २० वटा एपहरू मध्ये ९ वटा एपले ११ प्रकारका अनुमतिको माग गर्दछन् । टिकटकले पनि आइओएसमा ११ प्रकारका डेटामा पहुँच प्राप्त गर्दछ ।

गुगल प्ले स्टोरको कुरा गर्दा गुगल एक्लैले विभिन्न १३ प्रकारका डेटामा पहुँच राख्दछ ।

त्यस्तै साविकको ट्वीटर अर्थात् एक्सले पनि एन्ड्रोइड प्रयोगकर्ताबाट ११ प्रकारका डेटा लिन्छ । जबकि आइफोन प्रयोगकर्ताबाट भने उसले केवल ७ प्रकारका डेटामा पहुँचका लागि अनुमति माग्ने गरेको अध्ययनले देखाएको छ । एजेन्सीको सहयोगमा