images

मिथिलाञ्चल लगायत तराई मधेसमा छठ पर्वको तयारी शुरु

मिथिलाञ्चल लगायत तराई मधेसमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्वको तयारी शुरु भएको छ ।
अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारिक सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको तयारी शुरु भएको हो ।
छठ पर्वको लागि अहिले जनकपुरधामका पोखरीहरुलाई सजाउने कार्य जारी छ । बजारमा पनि पूजा सामग्री किन्नेहरुको चहलपहल बढेको छ । यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहल पहल बढेको हो । आदिदेव सूर्य भगवानलाई अघ्र्य दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रुपले सिंँंगारिँदै छ । खास गरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरीहरु गंगासागर, धनुष सागर, अंगराजसर, दशरथ तलाउ लगायतका पोखरीहरुलाई नवदुलही झैँ सजाँइदै छ ।