images
images

जिम्बाब्वेको हरारेमा हैजा फैलिएपछि संकटकाल धाेषणा गरियाे

काठमाडौं । जिम्बाब्वेको राजधानी हरारेमा हैजा फैलिएपछि संकटकाल घोषणा गरिएको छ । हैजाका कारण हरारेमा दर्जनौंको मृत्यु भएको र ७ हजार बढी बिरामी परेको बिबिसीले जनाएको छ ।

हरारेका मेयर आयन मैकोनलाई उदृत गर्दै स्थानीय मिडियाले लेखेका छन्, ‘हामीले हैजाका कारण संकटकाल घोषणा गरेका छौं ।’

हरारेको प्रशासनका अनुसार पूरै शहरमा तिव्र गतिमा हैजा फैलिएको छ, जसले सन् २००८ को स्थितिलाई सम्झाएको छ ।

सन् २००८ मा जिम्बाब्वेमा हैजा फैलिँदा 4 हजार जनाको मृत्यु भएको थियो भने १ लाख बढी बिरामी परेका थिए ।

इन्टरनेशनल फेडरेशन अफ रेडक्रस आईएफआरसीका अनुसार स्वास्थ्य अधिकारीहरुले अस्पतालमा बढेका बिरामीको उपचारमा स्वास्थ्यकर्मीहरुले संघर्ष गरिरहेका छन् ।

स्वास्थ्य उपचारका लागि स्वास्थ्यकर्मीको कमी भएको छ । यस्तै हैजा फैलनबाट रोक्ने उपाय अपनाउन पनि कमजोरी भइरहेको आईएफआरसीले जनाएको छ ।

जिम्बाब्वेमा सफा पानीको अभाव भएको र फोहोर पानीको प्रयोगले हैजा फैलिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS