images
images
images

इजरेल र हमासबीचको युद्धविरामको अवधी सुरु,हमासद्वारा बन्धक बनाईएका १३ जनाको रिहाई गरिने

काठमाडौं। इजरेल र हमासबीचको युद्ध विरामका अवधी सुरु भएको छ। स्थानीय समयानुसार बिहान ७ बजे उक्त अस्थायी सङ्घर्षविराम सुरु भएको छ। अपरान्ह् ४ बजे हमासले बन्धक बनाएर राखेकाहरूमध्ये १३ जनालाई मुक्त गरिने कतारी मध्यस्थकर्ताहरूले बताएको अन्तरराष्ट्रिय समाचार माध्यमले जनाएका छन।

आज (शुक्रबार) हुने भनिएकाहरू सबै नै महिला तथा बालबालिका रहेको उल्लेख गरिएको छ। इजरेल र हमासबीच भएको सहमति अनुरुप चार दिनको युद्धविरामको अवधीमा हमासले गाजाबाट ५० जना बन्धकहरूलाई मुक्त गर्ने छ भने इजरेलले १५० जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने छ। नेपालका विपीन जोशी सहित विभिन्न देशका नागरिकहरु विद्रोही समूहको कब्जामा रहेका छन।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS