काठमाडौं। लेनदेको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियु ताप्लेजुङका सह-संयोजक विवेक बानियाँमाथि खुकुरी प्रहार भएको छ। नेकपा एमाले कोशी प्रदेशका सांसद सद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव समेत रहेका बानियाँमाथि सोमबार खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ।
उनलाई सदरमुकाम फुङलिङको आफ्नै निवास अगाडि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुट्टामा गम्भीर चोट लागेका उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल लुङ्गेलीका अनुसार फुङलिङ नगरपालिका–४ का प्रेमराज लिम्बूले खुकुरी हानेका हुन । उनीहरूको पुरानै लेनदेनको विषय लेनदेनको केस रहेको र सांसद सहित बसेर कुरा भएको र कुरा नमिलेपछि खुकुरी प्रहार गरिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।
विवेक र प्रेमको चेक बाउन्सको विषय रहेको एमालेका एक नेताले बताए । आक्रमण गर्नेको खोजी कार्य समेत जारी रहेको बताइएको छ।


स्पेस समाचार





