images
images
images

घुस सहित प्रहरी नायव निरिक्षक पक्राउ

काठमाडौं। घुस रकम सहित प्रहरी नायव निरिक्षक पक्राउ परेका छन। पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका प्रहरी नायब निरीक्षक पवन साउद रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले उनलाई उनलाई मंगलबार ३० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

लागुऔषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै साउदले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा खटिएको आयोगको टोलीले उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS