images
images

कम्युनिष्टसँग गठबन्धन गर्दै जाने हो भने कांग्रेस सकिन्छः डा कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निर्वाचनमा कम्युनिस्ट दलहरूसँग गठबन्धन गर्दै जाने हो भने कांग्रेस विस्तारै सक्किने उद्घोष गरेका छन।

शुक्रबार काठमाडौंको होटल अर्यालमा रीता शाही (ऋतु)को गजल संग्रहलाई विमोचन गर्दै नेता कोइरालाले उक्त कुरा बताएका हुन। उनल ेचुनावमा गठबन्धन नै गर्ने हो भने लोकतान्त्रिक पार्टीसँग गर्नुपर्नेमा जोड दिए।

उनले भने,चुनावमा कम्युनिस्टसँग गठबन्धन गर्दै जान थाल्यौँ भने हामी विस्तारै सक्किन्छौँ। चुनावमा गठबन्धन गर्ने कि चुनावपछि गठबन्धन गर्ने सोच्नुपर्छ । यदि गठबन्धन नै गर्ने हो भने लोकतान्त्रिक पार्टीसँग गठबन्धन गर्न सकिन्छ ।

नेता कोइरालाले मुलुक परिवर्तन गर्ने हो भने कांग्रेस परिवर्तन हुनुपर्ने बताए । देश परिवर्तन गर्ने हो भने कांग्रेस परिवर्तन गर्नुपर्छ,उनले भने, ुकांग्रेस लोकतान्त्रिक पार्टी हो । लोकरिझ्याइमा हामी गइरकेका छौँ । यो सधैँ रहँदैन ।

कोइरालाले अहिले देखिएको आक्रोश व्यवस्थाविरुद्धको नभएको बताए । अहिले देखिएको आक्रोश व्यवस्थाविरुद्धको हो भन्ने लाग्दैन । हामीले काम गर्न नसकेको आक्रोश हो,उनले भने, हामीले आफ्नो आचरण, व्यवहार र उच्च महत्त्वकांक्षा त्यागेर अघि बढ्न जरुरी छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS