images
images

सर्वाेच्चद्वारा अधिवक्ताको लाइसेन्स परीक्षा सम्बन्धि अल्पकालिन आदेश खारेज

काठमाडौं। सर्वोच्च अदालतले बार काउन्सिलले लिने अधिवक्ताको लाइसेन्स परीक्षाको लागि बाटो खुला गरिदिएको हो। शुक्रवार न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र विनोश शर्माको संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो ।

नेपाल खुल्ला विश्वविद्यालयबाट कानुन विषयमा स्नातक गरेकाहरूले समेत अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै मनीषा गौतमले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन् । उक्त रिटमाथि मंसिर १९ गते न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिँदै बार काउन्सिलले लिने परीक्षा स्थगित गर्न आदेश दिएको थियो ।

उक्त आदेशपछि शुक्रवार अन्तरिम आदेशको निरन्तरताका सम्बन्धमा भएको सुनुवाइमा अन्तरिम आदेशको निरन्तरता दिइरहनु आवश्यक नरहेको भन्दै यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरिदिएको रिट निवेदकका तर्फबाट वहस गरेका फर्सुराम पाण्डेले जानकारी दिए । अल्पकालीन अन्तरिम आदेश खारेज भएसँगै अब अधिवक्ताको लाइसेन्स परीक्षा लिने बाटो खुलेको छ ।

सर्वोच्च अदालतको यसअघिको अल्पकालीन अन्तरिम आदेशका कारण शुक्रवार र शनिवार हुन लागेको बार काउन्सिलको परीक्षा स्थगित भएको थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS