images
images
images

जम्मु कश्मिरलाई विशेष दर्जा दिने सरकारको निर्णयलाई भारतीय सर्वाेच्च अदालतद्वारा वैध ठहर

काठमाडौं। जम्मु कश्मिरलाई विशेष दर्जा दिने संविधानको धारा ३७० हटाउने सरकारको निर्णयलाई भारतको भारतको सर्वोच्च अदालतले वैध ठहर गरेको छ ।

नरेन्द्र मोदी नेतृत्वको सरकारले जम्मु कश्मीरमा राष्ट्रपति शासन कायम रहेका बेला सन् २०१९ मा धारा ३७० हटाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध परेको रिटमा सार्वोच्च अदालतका ५ जना न्यायाधीशको इजलासले सरकारको निर्णलाई बैध ठहर गरेको हो । अदालतले धारा ३७० युद्ध जस्तो स्थितिका लागि राखिएको एउटा अस्थायी प्रावधान रहेको व्याख्या गरेको छ । धारा ३७० ले जम्मु कश्मिरलाई विशेष दर्जा दिएको थियो । यो धारा अनुसार भारतीय संविधानको धारा १ बाहेक अरु कुनै पनि धारा त्यहाँ लागु हुँदैन थियो । अदालतले

भारतमा विलय भइसकेपछि जम्मु कश्मिरसँग आन्तिरक संप्रभुताको अधिकार नहुने फैसला गरेको छ । अदालतले त्यहाँ जतिसक्दो छिटो चुनाव गर्न पनि आदेश जारी गरेको छ । मोदी दोस्रोपटक सत्तामा आएलगत्तै गरिएको निर्णयले मोदीको तेस्रोपटक सत्तामा आउने घोषणासहित चुनाव हुने ६ महिनाअघि वैधता पाएको हो । अब लद्दाख केन्द्र मातहतको प्रशासनिक क्षेत्र बनेको छ । जम्मु कश्मिरबाट लद्दाख हटाउने निर्णय हिन्दू राष्ट्रवादीले स्वागत गरेका थिए भने अन्यले विरोध गरेका थिए ।

भारतीय सर्वाेच्च अदालतको फैसलापछि प्रधानमन्त्री नरेन्द्र मोदीले समग्र भारतीहरुको जित भएको भन्दै खुसी व्यक्त गरेका छन। उनले जम्मु कश्मिर र भारत चीन सीमाना लगद्दामा मारिएका भारतीय नौ सेनाहरुका परिवारको लागि आफू सदैव जिम्मेवार भएको टिप्पणी गरेका छन।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS