images
images
images

बलिउडमा तहल्का मच्चाउँदै नेपाली चेली मेनुका, सालार फिल्मको गीत निकै चर्चामा

काठमाडौं। नेपाली चेली मेनुका पौडेल बलिउडमा तहल्का मच्चाउँदै गएकी छिन्। भारतको चर्चित गायन रियालिटी शो इन्डियन आइडल मार्फत फड्को मार्दै गएकी मेनुका पछिल्लो समय भारतीय चलचित्रमा समेत प्रवेश गरेकी छिन्।

उनको गलाको कलाबारे भारतका सबै दिग्गज संगीतकारहरूले खुलेरै प्रशंसा पनि गरिरहेका छन् । झापामा जन्मेकी मेनुका पौडेलले यसरी भारतमा गायनमार्फत तहल्का मच्चाइरहँदा विश्वभर उनको चर्चाले शिखर चुमेको छ।

मेनुकाले यतिबेला बलिउडमै गीत गाउने मौका पाएकी छिन् । बाहुबली स्टारर प्रभास अभिनित चलचित्र ‘सालार’मा मेनुकाले गीत गाएकी छिन्। आफ्नो गायन कलाले सबैको मन जितिरहेकी मेनुकालाई ब्लकबस्टर बलिउड चलचित्र केजीएफका निर्देशक प्रशान्त निलले आगामी फिल्म सालारमा पार्श्व गायनको अवसर प्रदान गरेसँगै मेनुकाको सांगीतिक यात्रामा अर्को आयाम थपिएको छ ।

हेर्नुहाेस् भिडियाे

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS