images
images
images

भूकम्प पीडितकाे राहतमा राजनीति, महिलाहरुद्वारा वडा कार्यालयमा तालाबन्दी

काठमाडौं। जाजरकोट जिल्लाको छेडागाड ०८ को वडा कार्यालयमा महिलाहरुले भूकम्प पीडितहरुलाई राहत दिने नाममा राजनीतिक चलखेल गरेको भन्दै तालाबन्दी गरेका छन।

विहिबार राहत वितरण र अस्थायी टहरा छनोटमा राजनीतिक चलखेल भएको भन्दै रौतनगाउ, रुव गाउँ लगायतका महिलाले छेडागाड नगरपालिका ०८ को वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडामा आएको राहत आफन्त र आसेपासेलाई मात्र वितरण गरेको उनीहरुको आरोप छ । त्यसमा पनि अस्थायी आवास छनोटमा वास्तविक पीडितको घर छनोट नभएको, आफन्त र नातागोताको घरमात्र छनोट भएको भन्दै उनीहरु आक्रोशित भएका छन् ।

वास्तविक पीडितले राहत नपाएसम्म ताला नखुल्ने पीडित महिलाले स्पेस समाचारलाई जानकारी दिएकी छन। उक्त वडामा नेकपा एमालेबाट सत्यनारायण गिरी निर्वाचित भएका थिए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS