images
images

क्यानको प्रष्टिकरण-बजेट अभावका कारण सिसिटीभिको स्टोरेज २१ दिन मात्रै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सीसीटिभिको स्टोरेज २१ दिन मात्र हुनुमा बजेट अभाव भएको प्रष्टिकरण दिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्यन प्राधिकरणका महाप्रबन्धक प्रताप बाबु तिवारीले विज्ञप्ति जारी गर्दै सीसीटिभी स्टोरेज तीन महिनाको बनाउन बजेट माग गरिएको तर तत्कालीन समयमा कोभिड १९ का कारण अन्य प्राथमिक क्षेत्रमा खर्च गर्नुपरेको र जसका कारण बजेट प्राप्त नभएको दाबी गरेका छन् ।

यद्यपी असोज २७, २०८० बाट भने विमानस्थलका विभिन्न क्षेत्रमा गरी जडित ५ सय वटा सीसीटिभीको स्टोरेज तीन महिना बनाउन लागिएको र यसै वर्षभित्र त्यो सम्पन्न हुने उनको भनाइ छ ।

विमानस्थलको सीसीटिभीको स्टोरेज क्षमता २१ दिनमात्रै भनेर प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै कार्यालयले अहिलेसम्म केही सीसीटिभीको स्टोरेज २१ दिन, केहीको ६१ दिन भइसकेको र अन्यको पनि क्रमशः बढाइँदै लगिने जनाएको छ ।
यस्ताे छ विज्ञप्ति