images
images
images

दक्षिण कोरियाका विपक्षी नेता जे–म्युङमाथि छुरा प्रहार, एक जना पक्राउ

एजेन्सी । दक्षिण कोरियाका विपक्षी नेता ली जे–म्युङमाथि छुरा प्रहार भएको छ । ली जे–म्युङमाथि दक्षिणी बन्दरगाह सहर बुसानमा आयोजित पत्रकार सम्मेलनमा छुरा प्रहार भएको स्थानीय योनहाप समाचार संस्थाले जनाएको छ।

सन् २०२२ को राष्ट्रपतीय चुनावमा थोरै मतान्तरले हारेका ली जे–म्युङलाई आज बिहान घाँटीमा छुरा प्रहार भएको हो । नेता लीलाई आक्रमण गर्ने एक जनालाई पक्राउ गरिएको बीबीसीले जनाएको छ । आक्रमणकारीले शुरुमा नेता लीसँग अटोग्राफ मागेका र अचानक छुरा प्रहार गरेका खबरमा उल्लेख छ ।

छुरा प्रहारबाट नेता लीको घाँटीमा गहिरो चोट लागेको छ । ५९ वर्षीय लीले डेमोक्रेटिक पार्टी अफ कोरियाको नेतृत्व गर्दै आएका छन । उनी यसअघिको राष्ट्रपतीय चुनावमा वर्तमान राष्ट्रपति युन सुक–योलसँग शून्य दशमलव ७३ प्रतिशतको मतान्तरले पराजित भएका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS