images

सत्ता गठबन्धनले एमालेसँग छलफल गर्ने

काठमाडौं। सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग छलफल गर्ने भएको छ । राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा सत्तारुढ दलहरुले आज साँझ ५ बजे एमालेसँग छलफल गर्ने भएको हो। राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारका विषयमा नेपाली कांग्रेस र नेकपा माओवादीबीच आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल समेत भएको थियो ।

बुधबार बिहानको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । त्यसैगरी नेकपा माओवादी केन्द्रको तर्फबाट वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन लगायतका नेताहरु सहभागी थिए ।

आजै तीन बजे कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीको संयुक्त बैठक बस्ने सहमति भएको बैठकमा सहभागी एक नेताले जनाएका छन्। सत्ता गठबन्धनको बैठक लगत्तै एमालेसँग छलफल गर्ने जनाएको छ ।