
काठमाडौं । बेलायतमा तलब सुविधालाई लिएर चिकित्सकहरुले हड्ताल सुरु गरेका छन् । परामर्शदाता भन्दा तल्लो तहका चिकित्सकहरुले ६ दिनका लागि काम ठप्प पारेका हुन् ।
तलब सुविधाबारे लामो समयदेखि चलिरहेको विवाद सल्टिनुको सट्टा बल्झिँदै गएपछि चिकित्सकहरु हड्तालमा उत्रिएका हुन् । बेलायतको नेशनल हेल्थ सर्भिसको ७ दशकको इतिहासमा यो सबैभन्दा लामो हड्ताल हुने बताइएको छ । हड्तालमा कूल स्वास्थ्यकर्मीको आधा जति सहभागी भएको बताइएको छ ।