images

कांग्रेसले टुग्यायो राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार,शेखर-गगन समूहको असन्तुष्टि

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार टुंगो लगाएको छ । संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ गरी १० उम्मेदवार कांग्रेसले टुंगो लगाएको हो ।

राति अबेर सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र सोमबार बिहानपखमात्र बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार छनोट गरेको हो ।

कांग्रेस प्रवक्ता प्रकाशशशरण महतका अनुसार कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कांग्रेसले बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ । यस्तै गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्य बलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको महतले बताए ।

१० जना मध्ये शेखर कोइराला र गगन थापा पक्षले तीन जना पाएको छ । गण्डकीबाट श्रेष्ठ र परियार तथा लुम्बिनीबाट सापकोटा शेखर र गगन समूहको कोटामा उम्मेदवार बनेका हुन् । उम्मेदवारी चयनको निर्णय न्यायसंगत र समावेशी हुन नसकेको भन्दै महामन्त्री गगन थापाले लिखित असहमति राखेका छन्।

यस्तै मधेश प्रदेशबात ढुंगानालाई उम्मेदवार बनाउने निर्णयमा नेता अर्जुन नरसिंह केसी र बलबहादुर केसीको पनि लिखित असहमति छ । मधेस प्रदेशबाट मधेशी मूलका व्यक्तिलाई उम्मेदवार नबनाइएको आपत्ती जनाएका छन् ।
हेर्नुहोस् यस्तो यी हुन छनौट भएका उम्मेदवारहरु