images
images
images

पत्रकार दीपा दाहालको ‘कोभिडः नसोचेको-नभोगेको संकट’ सार्वजनिक

काठमाडौं– डेढ दशक लामो पत्रकारितामा सक्रिय दीपा दाहालको ‘कोभिडः नसोचेको–नभोगेको संकट’ नामक पुस्तक सार्वजनिक भएको छ । दाहालको उक्त पुस्तकको काठमाडौंमा एक औपचारिक कार्यक्रमकाबीच विमोचन गरिएको छ ।

पुस्तक डा सन्दुक रुइत, गणेश रसिक र मानवअधिकारकर्मी मोहन अन्सारीले पुस्तकको संयुक्त रूपमा विमोचन गरेका हुन्। पत्रकार दाहालसँग देशमा उत्पन्न झाडापखला, स्वाइन फ्लुलगायतको महामारी, भूकम्प, नाकाबन्दी, बाढीपहिरोलगायत विपद्का विषयमा स्थलगत रिपोर्टिङ गरेको अनुभव छ। दाहालले सन् २०१९ देखि नेपालमा फैलिएको कोरोना महामारीमा गरेको स्थलगत रिपोर्टिङको अनुभव र थप अध्ययन गरी महामारीको समग्र प्रभाव संक्षेपमा अभिलेख राख्ने क्रममा पुस्तक लेखेको बताइन्।

पुस्तकमा कोरोना महामारीका कारण नेपाल लगायत विश्वमा परेको अर्थतन्त्र,स्वास्थ्य, शिक्षा, पर्यटन, कृषिलगायत क्षेत्रमा परेको प्रभाव समेटिएको लेखक दाहालले जनाएकी छिन् ।

“यो पुस्तक कोरोना महामारीको प्रभावको अभिलेख मात्रै होइन,” उनले भनिन्,“ आगामी दिनमा यस्ता महामारी फैलिएमा सरकार वा सरोकारवाला निकायले कहाँ कहाँ ध्यान दिनुपर्छ भन्ने सिकाइ पनि हो।”

पुस्तकका विशेषज्ञ सल्लाहकार डा अनुप सुवेदी हुन्। डा सुवेदीले महामारीको समयमा हरेक देशका आ–आफ्नै समस्या भए पनि नेपाल राजनीतिक किचलो र भ्रष्टाचारमा गिजोलिएको बताए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS