images
images
images

बालविवाह रोक्नका लागि विवाह लाइसेन्सको व्यवस्था गरौंः आरजू राणा

काठमाडौं–नेपाली कांग्रेसकी नेत्री एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्नु पर्ने औल्याएकी छिन् ।

विहिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राणाले राणाले सानै उमेरमा हुने दर बढेको बताउँदै त्यसलाई रोक्नका लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी हुन्।

उनले विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने उल्लेख गरिन्। उनले भनिन्,‘हाम्रो समाजमा विवाह दर्ता गर्ने प्रचलन छ। विवाह दर्ता गरेन भने कतिपय कुराहरु हामीले पाउँदैनौँ। विवाहको लागि लाइसेन्स लिने राम्रो हुन्छ। यो वडामा नै ल्याउन सकिन्छ। यो एउटा चलन किन शुरु नगर्ने त ?’

उनले विवाह अगाडि सबै प्रक्रिया पुर्‍याएर विवाह लाइसेन्स लिएर मात्रै विवाह गर्ने प्रणाली विकास गर्न सकेको अवस्थामा बालविवाह, महिला हिंसा, बलात्कारजस्ता विकृतिहरु रोक्न सकिने बताइन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS