images

उत्कृष्ट देउडा गायिका शोभा थापा भाषाभाषी गायन विधाबाट सम्मानित

काठमाडौं–भाषाभाषी गायन विधाबाट उत्कृष्ठ देउडा गायिकाको अवार्ड मार्फत गायिका शोभा थापा सम्मानित भएकी छिन् । लामो समयदेखि देउडा संगितमा लागेका थापा एक कार्यक्रमकाबीच सम्मानित भएकी हुन् ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यान राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवं अग्रज संगीतकार शम्भुजित बाँस्कोटाले संयुक्त रुपमा अवार्ड प्रदान गरेका हुन् ।

जीवन्त म्युजिक अवार्डको दोस्रो संस्करणको अवसर पारेर शोभा सम्मानित भएकी हुन् । वि.स.२०६१ सालदेखि निरन्तर रुपमा संगि क्षेत्रमा लागेकी थापाले एक हजार भन्दा बढी गितमा स्वर भरेको जनाएकी छिन् । बाजुरा जन्मथलो भएकी गायिका शोभाले हाल काठमाडौंको घट्टेकुलोमा विशेष डिजिटल रेकर्डिङ स्टुडियो सञ्चालन गरिरहेकी छिन्।