images

केपी ओलीसँगै ज्ञानेन्द्र शाहीले पनि फिल्म ‘नमेटिने घाउ’मा अभिनय गर्ने

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही फिल्ममा अभिनय गर्ने भएका छन् । एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’ मा उनको अभिनय हुने भएको हो ।

आइतबार घोषणा कार्यक्रममा निर्माण युनिटले फिल्ममा शाहीको पनि अभिनय रहने जानकारी दिएको छ । फिल्ममा शाही के भूमिकामा देखिने हुन् त्यो भने खुलाइएको छैन । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिति रहेको कार्यक्रममा फिल्मको शुभ मुहूर्त समेत भयो । फिल्ममा ओलीको प्रधानमन्त्रीको भूमिकामा अभिनय हुने भएको छ ।

अभिनेता रमित ढुंगानाको निर्देशन रहने ‘नमेटिने घाउ’ ३३ जना एसिड पीडितहरूको कथालाई समेटेर बन्न लागेको हो ।