images

भारतीय रियालिटी शो ‘बिग बोस’ को उपाधी मुनव्वर फारुकीले उचाले

काठमाडौं– भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस’ सिजन १७ को उपाधि मुनव्वर फारुकीले उचालेका छन् । विजेता मुनव्वरले ५० लाख भारु, कार र बिग बोस ट्रफी पाएका छन् । अभिषेक कुमार उपविजेता भए भने मन्नारा चोपडा सेकेन्ड रनरअप भइन् ।

अंकिता लोखंडे, अभिषेक कुमार, मुनव्वर फारुकी, मन्नारा चोपडा र अरुण महाशेट्टी शोको उत्कृष्ट पाँच प्रतियोगी उपाधि दौडमा थिए । यो सिजन १६ अक्टोबरबाट सुरु भएको हो । यो लोकप्रिय रियालिटी शोलाई सलमान खानले होस्ट गरेका थिए ।

 

मुनव्वरलाई ट्रफी जितेको तर सम्मान गुमाएकोबारे प्रश्न सोधिएको थियो । यसमा उनको जवाफ थियो, ‘मलाई जिताउनेलाई धन्यवाद दिन्छु । मेरो कामले मात्र सत्य के हो प्रमाणित गर्न सक्छ । मेरो अगाडिको यात्रा निकै कठिन हुनेछ । तर म सबै कुराको सामना गर्न तयार छु । तर म जे गर्छु त्यो मेरो काम हो, म मान्छे हुँ, म मान्छेहरु बोल्ने तरिका जस्तो होइन, म हाँस्छु । मैले धेरै महिलासँग संगत गरेको छु, उनीहरूलाई थाहा छ म कस्तो छु । अब म यहाँ सबैको अगाडि छु । मलाई जति प्रश्न सोधिन्छ, म ती सबैको जवाफ दिनेछु ।’

शोको फाइनलमा अभिनेता अजय देवगण बिग बोसको सेटमा देखिएका थिए । अजय आफ्नो फिल्म ‘शैतान’ को प्रमोसन गर्न आएका थिए । फिनाले पार्टीमा माधुरी दीक्षित र सुनिल शेट्टीले पनि प्रस्तुति दिए । उनीहरुले सलमान खानले अभिनय गरेको गीत ‘तन तना टन’ मा नृत्य प्रस्तुत गरेका थिए ।