images

दिनेश साउदको देउडा गीत ‘बाडुली’ पुगेन सार्वजनिक

काठमाडौं–लोक गायक दिनेश साउदको ‘बाडुली’ पुगेन देउडा गीत सार्वजनिक भएको छ । दिनेश साउदको शब्द संगीत रहेको उक्त गीतमा टेक भण्डारी र पूर्णकला विसीको सुमधुर आवाज रहेको छ। गीतमा सुन्दर सुदूरपश्चिमको प्रशासकिय क्षेत्र दिपायलको सेरोफेरोको बर्णन गरिएको छ ।

देउडा गीतमा अजम्बरी माया प्रेमको कहानी रहेको छ । नव प्रेम प्रमिकाहरुको मिठो सम्वाद देउडा गित मार्फत गरिएको छ । माया प्रेम,विश्वास लगायतका कुराहरु गीतमा सुन्न सकिन्छ । दिनेश साउदको आधिकारीक युट्युब मार्फत सार्वजनिक गरेको उक्त गीतमा अछामको मार्कुमा मनाइने बडा दशैंको समेत वर्णन गरिएको छ । गीतको कम्पोजर गणेश खड्का र दिपक साउदले गरेका छन् ।

सुन्नहोस् यस्तो छ देउडा गीत