images

मुख्यमन्त्रीहरुसहित गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल

काठमाडौं–सातवटै प्रदेशका मुख्यमन्त्री सहित गठबन्धनका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । संघीयता कार्यान्वयनका विषयमा शीर्ष नेता र मुख्यमन्त्रीबीच छलफल भएको हो ।

बैठकमा संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्याबारे छलफल भएको हो। छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, जसपा नेता मनिष सुमन, लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ सहभागी थिए।

बैठकमा संघीयता कार्यान्वयनमा देखिएको समस्या समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा संघीयता कार्यान्वयनमा देखिएको समस्याबारे मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरूलाई ध्यानाकर्षण गराएका थिए।

राष्ट्रिय समन्वय परिषद् दोस्रो बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौं आएको बेलामा प्रधानमन्त्रीले छलफल गरेको प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।