images
images
images

देशमा भ्रष्टाचारको अन्त्य गरी सुशासन स्थापना गर्ने कांग्रेसको प्रमुख नीति होः उपसभापति खड्का

काठमाडौं–नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नु कांग्रेसको प्रमुख नीति हुने बताएका छन् ।

मंगलवार पार्टीको महासमिति बैठकमा पार्टीको नीतिगत प्रतिवेदन प्रश्तुत गर्दै उपसभापति खड्काले देशमा देशमा भ्रष्टाचारको अन्त्य गरी सुशासन स्थापना गर्नु कांग्रेसको प्रमुख नीति रहने बताए । सुशासन तथा सदाचार नीति तर्जुमा, बलियो भ्रष्टाचारविरुद्धको ऐन निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनलाई काँग्रेसले मुल नीतिको रुपमा स्वीकार गर्नुपर्ने उनको प्रस्ताव छ ।

समाजमा असमानता बढाउने प्रमुख कारक कुशासन र भ्रष्टाचार भएको भन्दै उनले समुन्नति, सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण एक अर्काका पूरक भएको बताए ।े कांग्रेसले भ्रष्टाचारबिरुद्ध शुन्य सहनशिलता अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट र संकल्प गर्नुपर्ने उनको भनाइ छ । वर्तमान सरकारले सुशासनको सम्बन्धमा केही सकारात्मक कदम चालेको भन्दै उनले सो कदम सुखद् र आशालाग्दो संकेत भएको बताए ।

संविधानको आधारभुत रचनामा प्रतिकुल असर नपर्ने गरी आवश्यकताअनुसार संविधान संशोधन गर्न कांग्रेस खुला रहेको उनले स्पष्ट पारे । संविधान संशोधनको आवश्यक नेतृत्व पनि नेपाली कांग्रेस आफैँले लिने उनको भनाइ छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS