images

सितापाइलामा मृत्यु प्रकरणः श्रीमान पनि झुन्डिएको अवस्थामा फेला, मृतकको संख्या चार पुग्यो

काठमाडौं– काठमाडौंको सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमान पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा सोलुखुम्बुका रामप्रसाद सुनार रहेको काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । यस अघि सितापाइलाको एक घरमा डेरा गरी बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ मृत फेला परेका थिए ।

रामप्रसादको शव भने घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुहाेस्

काठमाडौंको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला