images
images

स्पेस फोरकेको समाचार प्रभावः सूप. स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रका प्रमुख डा. अर्याललाई निलम्बन गर्न निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशसभाको समाजिक विकास समितिले आपूर्ती व्यवस्थापन केन्द्रका निर्देशक डा. निरज अर्याललाई निलम्बन गर्न निर्देशन दिएको छ ।

आइतबार बसेको समितिको बैठकले डा. अर्यालमाथि छानविन गर्न स्वास्थ्य सेवा विभागलाई आग्रह समेत गरेको छ ।

समितिका सदस्य ओमविक्रम भाट ‘सरल’ का अनुसार डा. अर्यालले गरेको निजीगत कमजोरीबारे छानविन गर्न स्वास्थ्य सेवा विभागबाट बायोमेड इन्जिनियर बोलाउन समेत समितिले निर्देशन दिएको छ ।

डा. निर्देशक अर्यालले चारवटा अस्पतालको लागि फोहोर मैला व्यवस्थापन सिस्टम खरिदमा सेटिङ गरेरको  स्पेस फाेरकेले निरन्तर रूपमा  समाचार प्रकाशित गरेको थियो ।

“आज बसेको समितिको बैठकमा डा. अर्याललाई बोलाएर जवाफ माग्यौं तर उहाँले एउटा पनि प्रश्नको चित्तोबुझ्दो जवाफ दिनुभएन । समितिले उहाँलाई छानविनको लागि निर्देशन दिने र त्यतिबेलासम्म उहाँलाई निलम्बन गर्न पनि निर्देशन दिएको छ” सरलले भने ।

निर्देशक डा. अर्यालले विवादित व्यवसायी विशाल पण्डितसँगको मिलेमतोमा खरिद गर्न लागेको आरोप लागेको थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS