images

मधेस, गण्डकी र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख पठाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं– सरकारले गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिको लागि सिफारिस गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त हुने पदहरुमा नियुक्तिको लागि मधेसको लागि सुमित्रा भण्डारी, गण्डकीको लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमको लागि नजिर मियाँ मनोनयनको लागि सिफारिस भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

उनले भनिन्, ‘हामीले बर्खास्त गरेको होइनौं पदमुक्त गरेको हौं । प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक हुन्छ । अहिले हामीले प्रदेशहरूमा देखिरहेका छौं । कतै विश्वासको मत फिर्ता लिने कतै मन्त्रीहरूलाई बर्खास्त गर्ने काम भइरहेको छ । त्यसकारण राजनीतिकरूपमा सहज होस् । केन्द्र र प्रदेशको राजनीतिक दृष्टिकोेण समान होस् भनेर हामीले गरेका हौं ।’