images

देश बरबादीतर्फ जान लागेपछि सरकारमा गयौँ: ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बरबादीतर्फ जान लागेकाले एमाले सत्ता गठबन्धनमा गएको दाबी गरेका छन् ।

मंगलबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले देश बरबादीतर्फ जान लागेकाले रक्षा गर्न एमाले सत्ता गठबन्धनमा गएको बताए ।

हामीले सरकारमा जाने हतारोमा भएको होइन । यसअघि यसै ठाउँमा बसेर मैले भनेको थिएँ, हामीलाई सरकारमा जाने कुनै हतारो छैन । तर देशको बरबादी भएको टुलुटुलु हेरेर बस्न सकिएन । बाँकी चार वर्ष यसै गरी चल्न दिने मैले त्यति बेलै दिइँदैन भनेको थिएँ । यो गठबन्धन खरानीको डल्लो हो, त्यो गठबन्धन भत्किन्छ । सुख्खा भए पनि फुट्छ भिज्यो भने पनि फुट्ट । गठबन्धनमा हुने बालाहरुको उन्माद थियो । त्यही उन्माद अहिले सकिएको हो’, उनले भने ।

यस्तै ओलीले एमालेको कार्यक्षमतासँग त्रसित तत्त्वहरूले यी कुराहरू भन्न नचाहने हुँदा गलत व्याख्या गरिरहेको बताए ।