images
images
images

यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)

काठमाडौं– सरकारले तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्दै प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गरी सो ठाउँमा नयाँ व्यक्तिलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

सरकारले मधेस प्रदेशको प्रमुखमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशको प्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशको प्रमुखमा नजिर मियाँलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सार्वजनिक गरेकी हुन् ।

मंगलबार नै फागुन २४ गते बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णयसमेत सार्वजनिक भएका छन्।

मन्त्रिपरिषद् बैठकका निर्णयः  

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS